फाइल तस्बिर।
जनकपुरधाम- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।
नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजना हुने लागेको कार्यक्रममा बोल्दै खनालले मिलेर जाने कुरा बेग्लै भएपनि नेकपा एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पारे।
उनले उपनिर्वाचन पछि वर्तमान सत्ताधारी गठबन्धन बिग्रन सक्ने बताए।
प्रकाशित: ९ वैशाख २०८० ११:५० | Saturday, April 22, 2023
प्रतिक्रिया




