ज्योति विकास बैंकको स्वास्थ्य शिविर

हिमाल प्रेस ११ वैशाख २०८० १२:४७ | Monday, April 24, 2023
ज्योति विकास बैंकको स्वास्थ्य शिविर

काठमाडौँ- ज्योति विकास बैंकले काठमाडौँको जहरपसिंपौवामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत शंखरापुर नगरपालिका वडा नं. ३, जहरसिंपौवामा निःशुल्क पाठेघर क्यान्सर परीक्षण तथा स्तन क्यान्सर सचेतना शिविर सम्पन्न गरेको हो।

शिविरमा ६५ जना महिलाले स्वास्थ्य परीक्षण गराएका थिए। पाठेघरको क्यान्सर जाँच, स्तन क्यान्सरबारे सचेतना, प्रारम्भिक पहिचान र रोकथाम गर्ने उद्देश्यका साथ बैंकले एकदिने स्वास्थ्य शिविर आयोजना गरेको थियो।

जनस्वास्थ्य सरोकार ट्रष्ट, लप्सेफेदी स्वास्थ्य चौकी, काठमाडौँ मोडेल हस्पिटल र कीर्तिपुर हस्पिटलको सहकार्यमा स्वास्थ्य शिविर चलाइएको थियो।

प्रकाशित: ११ वैशाख २०८० १२:४७ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast