जीवन बीमक संघ नेपाल र फालियाले संयुक्त रूपमा सेमिनार गर्ने

हिमाल प्रेस २९ चैत २०७९ १९:१७ | Wednesday, April 12, 2023
जीवन बीमक संघ नेपाल र फालियाले संयुक्त रूपमा सेमिनार गर्ने

काठमाडौँ- जीवन बीमक संघ नेपाल र जापानको जीवन बीमक संघ फालिया (फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि वर्ल्ड) ले संयुक्त रूपमा सेमिनार गर्ने भएका छन्। आगामी वैशाख १२ गते काठमाडौँमा ‘जापान–नेपालः टप लेभल म्यानेजमेन्ट सेमिनार’ आयोजना गर्ने भएको हो।

जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलको पहलमा फालियासँग मिलेर पहिलोपटक सेमिनार आयोजना गर्न लागेको बताए। यसअघि उनले जापान भ्रमणका क्रममा फालियाका प्रतिनिधिहरूसँग भेटघाट गरेका थिए।

सोही भेटघाटमा उनले नेपालमा पनि सेमिनार आयोजना गर्ने प्रस्ताव राखेका थिए। फालिया र जीवन बीमक संघ नेपालले आपसमा सहकार्य गर्दै थप कार्यक्रम गर्ने सहमति पनि भएको पौडेलले जानकारी दिए।

प्रकाशित: २९ चैत २०७९ १९:१७ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast