जलन उपचाररत सांसद भण्डारीद्वारा नयाँ वर्षमा भारतबाट भिडियो सन्देश

हिमाल प्रेस १ वैशाख २०८० १२:०७ | Friday, April 14, 2023
जलन उपचाररत सांसद भण्डारीद्वारा नयाँ वर्षमा भारतबाट भिडियो सन्देश फाइल तस्बिर

काठमाडौँ- भारतमा जलन उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियोमार्फत शुभकामना सन्देश व्यक्त गरेका छन्।

उनले भने, ‘स्वदेश तथा विदेशमा बस्ने बस्ने नेपालीहरु २०८० को उपलक्ष्यमा नयाँ वर्ष मनाइरहेका छौँ। एक अर्कोले सुख शान्ति, समृद्धिको कामना गरिरहेका छौँ। यस अवसरमा सम्पूर्ण नेपालीलाई म नयाँ वर्षको सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छु ।’

शुभचिन्तकहरुको माया, सद्धभाव, प्रेम र प्राथनाका कारण आफ्नो स्वास्थ्यमा सुधार भइरहेको उनले बताए। ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरुसति म सहभागी हुन सकिरहेको छैन। तपाईहरुको माया सद्धभाव, प्रेम र प्राथनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ,’ सांसद भण्डारीले भने।

छिट्टै नेपालमै उपचार गर्ने सांसद भण्डारीले बताए। ‘छिट्टै नै म तपाईहरूसित उपस्थित भएर त्यही नै मेरो स्वास्थ्य उपचार गर्ने छु। यस नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै छु। धन्यवाद जय नेपाल।’

प्रकाशित: १ वैशाख २०८० १२:०७ | Friday, April 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast