 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            काठमाडौँ- राप्रपा नेपालले उपचुनावमा जनताको अभिमत सकारात्मक रहेको बताएको छ। मंगलबार बसेको पार्टीको कार्य सम्पादन समितिको बैठकमा उपचुनावको समीक्षा गर्दै राप्रपाले जनताको अभिमत सकारात्मक रहेको निष्कर्ष निकालेको हो।
जनताको अभिमत सकारात्मक रहेकाले अहिलेको उपचुनावले दीर्घकालीन रूपमा लोकतन्त्रलाई परिपक्व बनाउने दिशामा कोसेढुंगो हुने ठहर गरेको पार्टी महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उनका अनुसार मंगलबार बैठकले पार्टीको केन्द्रीय कार्यसमिति संयुक्त बैठक आगामी जेठ ९ र १० गते बोलाउने निर्णय पनि गरेको छ।
उक्त बैठकमा जिल्ला अध्यक्षहरूलाई बोलाइनेछ। ‘जनताले हाल विद्यमान अपवित्र र सिद्धान्तहीन गठबन्धनलाई अस्वीकार गरेको तथा कांग्रेस र कम्युनिष्टप्रति जनतामा तिव्र वितृष्णा रहेको समेत पुष्टि गरेको छ,’ बैठकपछि राप्रपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उपचुनावको नतिजाले जनता यथास्थितिबाट मुक्ति र परिवर्तनको पक्षमा रहेको स्पष्ट भएको राप्रपाको निष्कर्ष छ।
बैठकले जनवर्गीय संगठन, विभाग र समितिहरूलाई ३ महिने विशेष कार्ययोजना बनाई तत्काल कार्यान्वयन गर्न पार्टीले निर्देश गरेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 