चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

हिमाल प्रेस ३० चैत २०७९ १२:३५ | Thursday, April 13, 2023
चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

नुवाकोट- चोरीको मोटरसाइकलसहित नुवाकोट लिखु गाउँपालिका २ घर भई काठमाडौँ तार्केश्वर नगरपालिका-४ लोलाङ हाइट बस्ने ३९ वर्षीय रमेशबहादुर राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ३ हैबुङ घर भई काठमाडौँ थली बस्ने कृष्णबहादुर तामाङको बागमती प्रदेश ०२-०१५ प १७७४ नम्बरको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पीडित सहायता ‍इकाइबाट खटिएको ट्राफिक प्रहरीले राईले मोटरसाइकलमा नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा काठमाडौँ लोलाङ हाइटबाट फेला पारी पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्जमा पठाइएको छ ।

प्रकाशित: ३० चैत २०७९ १२:३५ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast