चुनावी सभालाई सम्बोधन गर्न आज बारा जाँदै ओली

हिमाल प्रेस ७ वैशाख २०८० ९:३१ | Thursday, April 20, 2023
चुनावी सभालाई सम्बोधन गर्न आज बारा जाँदै ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बारा जाने भएका छन्।

बाराको पचरौतामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीले आज बारा जान लागेका हुन्।

उपनिर्वाचनको प्रचार प्रसारको अन्तिम दिन आज आयोजना हुने आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली बारा जान लागेका हुन्। अध्यक्ष ओली मध्यान्न १२ बजे सिमरा विमानस्थल पुग्ने कार्यक्रम तय भएको छ।

बारा २ मा एमालेका पुरुषोत्तम पौडेल उम्मेदवार छन्। अध्यक्ष ओली केहीदिन अघि नै तीनवटै निर्वाचन क्षेत्रमा आयोजना हुने आमसभालाई सम्बोधन गर्न जाने कार्यक्रम तय भए पनि स्वास्थ्यमा केही समस्या आएका कारण जान सकेका थिएनन्।

स्वास्थ्यमा सुधार आएसँगै अध्यक्ष ओली आज बारामा हुने आमसभालाई सम्बोधन गर्न जान लागेको उनको सचिवालयले जनाएको छ।

प्रकाशित: ७ वैशाख २०८० ९:३१ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast