चीनसँग आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छौँ : प्रधानमन्त्री दाहाल

हिमाल प्रेस १५ वैशाख २०८० १४:०२ | Friday, April 28, 2023
चीनसँग आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छौँ : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा चीन सरकारले निर्माण गरेको निजामति कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुर्ननिर्माण सहितको हस्तान्तरण समारोहमा बोल्दै प्रधानमन्त्रीले चीनले चिकित्सा विज्ञान र प्रविधि सहितको सामाजिक-आर्थिक विकासमा गरेको ठूलो फड्को मारेको भन्दै विकासका परिणामहरू प्रदान गर्न र नेपाली जनताको समृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने आकांशा रहेको बताए।

उनले विशेषगरी स्वास्थ्य क्षेत्रमा नेपालले जनताको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, स्वास्थ्य सुविधाहरूमा सुधार गर्न, स्वास्थ्य पूर्वाधारको विस्तार गर्न, अस्पतालहरूलाई आधुनिक र अत्याधुनिक सुविधाहरू प्रदान गर्न चीनसँग थप सहकार्य गर्ने बताए।

 

प्रकाशित: १५ वैशाख २०८० १४:०२ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast