चितवन-२ र बारा-२ मा पनि मतगणना सुरु हुने तयारीमा

हिमाल प्रेस ११ वैशाख २०८० ७:२९ | Monday, April 24, 2023
चितवन-२ र बारा-२ मा पनि मतगणना सुरु हुने तयारीमा

काठमाडौँ-  आइतबार सम्पन्न चितवन २, बारा २ र तनहुँ १ मध्ये तनहुँको मतगणना मध्यरात देखि जारी छ।

चितवन र बाराको मतगणनाका लागि भने गए राति सर्वदलीय बैठक बस्न सकेन। मतगणनाबारे निर्णय गर्न सोमबार बिहान यी क्षेत्रमा सर्वदलीय बैठक बस्दैछ।

बिहान ८ बजे चितवन क्षेत्र नम्बर २ को मतगणनबारे निर्णय गर्न सर्वदलीय बैठक तय भएको छ। रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन नभइ मतगणना नगर्ने नेकपा एमाले र नेपाली कांग्रेसको उम्मेदवारको अडानका कारण आज बैठक स्थगित भएको थियो।

यस्तै बारा क्षेत्र नम्बर २ मा पनि केहीबेरमा सर्वदलीय बैठक बस्दैछ। हावाहुरीका कारण रातिदेखि नै मतगणना गर्ने अवस्था नहुँदा दलहरूले बिहान सर्वदलीय बैठक बस्ने सहमति गरेका थिए।

बिहान ६ बजे उक्त क्षेत्रमा सर्वदलीय बैठक डाकिएको निर्वाचन अधिकृत सरोजकुमार चौधरीले जानकारी दिएका छन्।

प्रकाशित: ११ वैशाख २०८० ७:२९ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast