चितवन-२ र तनहुँ-१ मा कांग्रेसलाई सघाउने नेसपाको निर्णय

हिमाल प्रेस ५ वैशाख २०८० २२:१९ | Tuesday, April 18, 2023
चितवन-२ र तनहुँ-१ मा कांग्रेसलाई सघाउने नेसपाको निर्णय फाइल तस्बिर

काठमाडौँ- नेपाल समाजवादी पार्टीले आसन्न उपनिर्वाचनमा तनहुँ–१ र चितवन–२ मा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ।

पार्टीको मंगलबार सम्पन्न केन्द्रीय कार्यकारिणी समिति बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि अध्यक्ष डा. बाबुराम भट्टराईले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भइरहेको अवस्थामा बनेको गठबन्धनको जिम्मेवार घटक हुनुको नाताले नेसपाको यो निर्णयलाई स्वाभाविक रूपमा ग्रहण गर्न र सहयोग गर्न सबैसँग आग्रह गरिन्छ।’

यसैगरी पार्टीले वैशाख ६ गते अपराह्न तनहुँको डुम्रेमा गठबन्धनका तर्फबाट आयोजना हुने संयुक्त चुनावीसभामा सहभागी हुन सम्बद्ध सबैलाई आग्रह गरेको छ। सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताबाट सम्बोधन हुने कार्यक्रम छ।
तनहुँ– १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई मैदानमा छन्। यस्तै एमालेका सर्वेन्द्र खनाल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले प्रतिस्पर्धामा छन्। यस्तै चितवन–२ कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच प्रतिस्पर्धा छ।

प्रकाशित: ५ वैशाख २०८० २२:१९ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast