चितवन-२ : रवि लामिछानेले लिए अग्रता

हिमाल प्रेस ११ वैशाख २०८० १५:३९ | Monday, April 24, 2023
चितवन-२ :  रवि लामिछानेले लिए अग्रता

काठमाडौँ- आइतबार सम्पन्न उपनिर्वाचनअन्तर्गत चितवन-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २४ सय ८४ मत गणना हुँदा लामिछानेले ११ सय ५५ मत ल्याएर अग्रता बढाएका हुन्। उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत ल्याएर पछ्याइरहेका छन्। नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन्।

मंसिर ४ को निर्वाचनमा यीनै लामिछाने निर्वाचित भएका थिए। उनको नागरिकता प्रकरणमा पद खारेज भएपछि उपनिर्वाचन भएको हो।

प्रकाशित: ११ वैशाख २०८० १५:३९ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast