काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन-२ को उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
यसअघि सोही क्षेत्रबाट लामिछाने ४९ हजार ३०० मतका साथ विजयी भएका थिए। तर नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलाबाट उनको सांसद पद गएको थियो। चितवन-२ सांसदविहीन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।
चितवन-२ को उपनिर्वाचनमा कांग्रेसबाट जितनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार छन्।
                            प्रकाशित: २० चैत  २०७९ ११:३२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

