चितवन-२ मा मत गणना जारी, एमालेको अग्रता

हिमाल प्रेस ११ वैशाख २०८० १५:१२
चितवन-२ मा मत गणना जारी, एमालेको अग्रता

चितवन– चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना भइरहेको छ। चितवन उद्योग वाणिज्य संघको प्रदर्शनी केन्द्रमा मतगणना भइरहेको हो।

प्राप्त परिणामअनुसार एमालेका रामप्रसाद न्यौपानेले ३६७ मत ल्याएर अग्रता बनाएका छन्। दोस्रो स्थानमा रास्वपाका रवि लामिछानेको ३१९ मत छ। कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ भोट ल्याएका छन्।

यस क्षेत्रमा ७८ हजार दुई सय ७७ मत खसेको छ। एक लाख २४ हजार छ सय ९७ जना मतदाता छन्। लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा छन्। इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु भएको हो।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वाेच्च अदालतको निर्णयबाट सांसद पद खारेज भएपछि उपनिर्वाचन भएको हो।

प्रकाशित: ११ वैशाख २०८० १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast