चितवन-२ : इच्छाकामनाका सबै वडा गणना सकियो, १८ सय मतले लामिछाने अगाडि

हिमाल प्रेस ११ वैशाख २०८० १९:१४ | Monday, April 24, 2023
चितवन-२ : इच्छाकामनाका सबै वडा गणना सकियो, १८ सय मतले लामिछाने अगाडि

काठमाडौँ– प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत चितवन-२ मा इच्छाकामना गाउँपालिकाको सबै वडाको मत गणना सकिएको छ। इच्छा कामना गाउँपालिकाको मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले अग्रता लिएका छन्।

मंसिरको निर्वाचनमा कम मत पाएकै ठाउँमा उनले यसपटक भने सबैभन्दा धेरै मत ल्याएका हुन्।  इच्छाकामना गाउँपालिकाका ७ वटै वडाको मतगणना सकिएको छ। पछिल्लो मतगणना अनुसार लामिछानेले ४ हजार ३५८ मत प्राप्त गरेका छन्।

९ हजार ४४० मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ५४४ मतका साथ लामिछानेलाई पछ्याइरहेका छन्।

दोस्रोमा रहेका एमाले उम्मेदवार न्यौपाने भन्दा लामिछानेको मत १ हजार ८१४ मत बढी छ। तेस्रोमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले २ हजार २०५ मत ल्याएका छन्। अब भरतपुर महानगरपालिकाको १ र २ नम्बर वडाको मतगणना हुने बताइएको छ।

चितवनमा ७८ हजार २७७ मत खसेको छ।

प्रकाशित: ११ वैशाख २०८० १९:१४ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast