 फाइल तस्बिर
                             फाइल तस्बिर 
                                            काठमाडौँ- नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी आज (आइतबार) स्वदेश फर्कने भएका छन्। लामो समय भारतमा उपचार गराएर उनी दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत् नेपाल फर्कन लागेका हुन्।
गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा भएको आगलागीमा उनी गम्भीर घाइते भएका थिए। झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि उनी स्वदेश फर्किन लागेका हुन्। सो आगलागीमा उनकी आमाको मृत्यु भएको थियो।
भण्डारी अपराह्न ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। उनको भारत मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार भएको थियो।
                            प्रकाशित: १७ वैशाख  २०८० ९:१८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 