चट्याङ लागेर वृद्धको मृत्यु

हिमाल प्रेस १६ वैशाख २०८० ९:१५ | Saturday, April 29, 2023
चट्याङ लागेर वृद्धको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा चट्याङ लागेर वृद्धको मृत्यु भएको छ।

शुक्रबार बेलुका परेको चट्याङ लागेर श्रीप्रसाद कडरियाको मृत्यु भएको स्थानीय विवेक बानियाँले जानकारी दिए। घरमै बसिरहेका उनलाई चट्याङ लागेको थियो।

कडरिया साबिक मेहेले गाविस-८ का तत्कालीन वडाध्यक्ष हुन्। गत बुधबार ताप्लेजुङकै मैवाखोला गाउँपालिका–४ चित्रेमा चट्याङ लागेर बालकको मृत्यु भएको थियो।

उनका बाबुआमा गम्भीर घाइते भएका थिए। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १६ वैशाख २०८० ९:१५ | Saturday, April 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast