चट्याङ लागेर महिलाको मृत्यु

हिमाल प्रेस १७ वैशाख २०८० ९:०० | Sunday, April 30, 2023
चट्याङ लागेर महिलाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

ओखलढुंगा- शनिबार अपराह्न वर्षातसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका-२, तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ। घरभित्रै बसिरहेका बेला उनलाई चट्याङ लागेको थियो।

बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

ओखलढुंगामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ। जिल्लामा बर्सेनि चट्याङका कारण जनधनको क्षति हुने गरेको छ।

प्रकाशित: १७ वैशाख २०८० ९:०० | Sunday, April 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast