‘घरै बसुँ पीरैपीर हो’ [भिडियोसहित]

हिमाल प्रेस ५ वैशाख २०८० १२:५४ | Tuesday, April 18, 2023
‘घरै बसुँ पीरैपीर हो’ [भिडियोसहित]

काठमाडौँ- फिल्म ‘कैदीको पत्र’को ‘घर बसु पीरैपीर हो’ बोलको गीत सार्वजनिक भएको छ। गीत सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

फिल्मका निर्देशक सनमकुमार बैरागको शब्द रहेको गीतमा अभिषेक कार्कीको स्वर छ। गीतमा विनम्र कर्माचार्यको संगीत र विशेष पाण्डेको संगीत संयोजन छ।

गीतको भिडियोमा फिल्मका कलाकार पृथ्वीराज खत्री, कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस फिचर्ड छन्। साहित्यकार ईश्वर मानन्धरले कथामा आधारित फिल्म आगामी वैशाख १५ गते प्रदर्शन हुनेछ।

फिल्ममा कुनाल, म्याडिसन र पृथ्वीराजसहित सलिना थापामगर, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिताथापालगायत कलाकारको अभिनय छ।

रामेश्वर कार्कीले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्। फिल्मका निर्माता हिराल जोशी, नानी हेरम कैलाश विश्वकर्मा र दिल घले हुन्।

प्रकाशित: ५ वैशाख २०८० १२:५४ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast