गुल्मीमा जिप दुर्घटनामा सहचालकको मृत्यु

हिमाल प्रेस १४ वैशाख २०८० १०:११ | Thursday, April 27, 2023
गुल्मीमा जिप दुर्घटनामा सहचालकको मृत्यु

गुल्मी-  गुल्मीको मालिका गाउँपालिका-२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

बुधबार राति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जिपका सहचालक बागलुङ बडिगाड-९ का १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन्।

दुर्घटनामा परी जिप चालक बडिगाड–९ का २१ वर्षीय प्रेमबहादुर केसी गम्भीर घाइते भएका छन्। उनको थप उपचारको लागि आज बिहानै पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास लगिएको छ।

जिप दुर्घटनाको जानकारी पाउनासाथ पौदी अमराईबाट प्रहरीको टोली घटनास्थल पुगिसकेको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए। दुर्घटना हुँदा जिप सडकबाट एक सय ५० मिटर तल खसेको बताइएको छ । ‘ब्रेकफेल’ भई जिप दुर्घटना हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ।

प्रकाशित: १४ वैशाख २०८० १०:११ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast