गठबन्धनले बृद्ध भत्ता बन्द गर्दैछ भोट नदिनू : केपी ओली

हिमाल प्रेस ७ वैशाख २०८० १६:३६ | Thursday, April 20, 2023
गठबन्धनले बृद्ध भत्ता बन्द गर्दैछ भोट नदिनू : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलहरू सामाजिक सुरक्षा भत्ता रोक्ने रणनीतिमा लागेकोले भोट दिन नहुने बताएका छन्। बारा-२ का आफ्ना उम्मेदवारलाई भोट माग्न पुगेका ओलीले आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्।

‘यो सरकारले सामाजिक सुरक्षा भत्ता बन्द गर्दैछ। यो गठबन्धन सरकार अन्त्य नभएसम्म यस देशमा केही हुँदैन,’ उनले भने, ‘यिनीहरूलाई अन्त्य गर्न जुन ठाउँमा पायो त्यहीँ पछार्नु पर्छ, हराउनुपर्छ।’

उनले जसपाका अध्यक्ष तथा बारा-२ का उम्मेदवार उपेन्द्र यादवलाई इंगित गर्दै हारेका नेता फेरि चुनाव लड्न आइपुगेको र हराएर पठाइदिन अपिल गरे। मंसिर ४ को निर्वाचनमा सप्तरी-२ मा पराजित यादव यसपटक उपनिर्वाचनमा बारा-२ आइपुगेका हुन्। ओलीले भने, ‘एक ठाउँमा हारेका नेता यता आइपुगेछन्। यी डुलुवालाई बाराबासीले हराउने छन्।’

वैशाख १० गते उपनिर्वाचन हुँदैछ। बारा-२ बाट निर्वाचित जसपाका नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यहाँ उपनिर्वाच हुन लागेको हो।

प्रकाशित: ७ वैशाख २०८० १६:३६ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast