खाद्यान्नमा विषादीको सीमा तोक्ने मन्त्रिपरिषद्को निर्णय

हिमाल प्रेस २८ चैत २०७९ १८:२१ | Tuesday, April 11, 2023
खाद्यान्नमा विषादीको सीमा तोक्ने मन्त्रिपरिषद्को निर्णय फाइल तस्बिर

काठमाडौँ- मन्त्रिपरिषद्ले खाद्यान्नमा विषादीको प्रयोग सम्बन्धमा मापदण्ड बनाउन स्वीकृति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयातित तथा उत्पादित खाद्य पदार्थमा जीवनाषक विषादीको प्रयोगसम्बन्धी सीमा निर्धारण गर्न स्वीकृति दिने निर्णय गरेको हो।

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जानकारी दिइन्। ‘आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाषक विषादीको प्रयोगमा सीमा निर्धारण गर्ने भन्ने विषय समितिमा गएको थियो,’ उनले भनिन्, ‘समितिबाट आएर आज मन्त्रीपरिषद्ले स्वीकृत गरेको छ।’

प्रकाशित: २८ चैत २०७९ १८:२१ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast