‘खल्ती पेमेन्ट गेटवे’मा ५० प्रतिशत क्यासब्याक

हिमाल प्रेस २७ चैत २०७९ १६:५० | Monday, April 10, 2023
‘खल्ती पेमेन्ट गेटवे’मा ५० प्रतिशत क्यासब्याक

काठमाडौँ- भुक्तानी सेवा प्रदायक खल्तीले ‘खल्ती पेमेन्ट गेटवे’मा ५० प्रतिशत क्यासब्याक दिने भएको छ। कम्पनीले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै उक्त योजना ल्याएको हो।

खल्ती पेमेन्ट गेटवेमार्फत आफ्नो डिजिटल व्यापार बढाउन मद्दत पुगोस् भनने उद्देश्यले उक्त अफर ल्याइएको कम्पनीको भनाइ छ। ‘स्मार्ट उद्यमी’ नामक उक्त अफरमा खल्ती पेमेन्ट गेटवे सेवासँग एकीकृत गरि एपीआई शुल्कमा ५० प्रतिशत क्यासब्याक, निःशुल्क क्विक लिंक पेमेन्ट र एक वर्षको निःशुल्क एसएमएस प्यानल पाउन सकिने कम्पनीले बताएको छ।

खल्ती पेमेन्ट गेटवेको अर्थ खल्ती डिजिटल वालेटद्वारा प्रदान गरिएको सेवा हो। खल्तीले हाल ३१ लाख प्रयोगकर्ताहरूलाई सेवा दिँदै आएको छ।

प्रकाशित: २७ चैत २०७९ १६:५० | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast