कोशी प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हिमाल प्रेस २९ चैत २०७९ २०:५५ | Wednesday, April 12, 2023
कोशी प्रदेशको हिउँदे अधिवेशन अन्त्य

इटहरी– कोसी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। प्रदेशको नामकरणपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको हो। सभाले फागुन १७ गते प्रदेशको नामकरण पारित गरेपछि सभामुख बाबुराम गौतमले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको जनाएका थिए।

बुधबार (आज) बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। प्रदेश सरकारको सिफारिसअनुसार प्रदेश प्रमुख खापुङले बुधबार राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका छन्।

प्रदेशको दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन पुस १७ गतेबाट सुरु भएको थियो।

फागुन १७ गते बसेको प्रदेशसभा बैठकले प्रदेश नाम कोशी पारित गरेको थियो। उक्त नामकरणपछि पहिचान पक्षधरहरू भने पहिचानका आधारमा पुनः नामकरण हुनुपर्ने माग राख्दै आन्दोलनरत छन्।

प्रकाशित: २९ चैत २०७९ २०:५५ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast