काठमाडौँ- केएल दुगड समूहले ज्ञान ब्रान्डको नयाँ उत्पादन ‘ज्ञान मह’ बजारमा ल्याएको छ। स्थानीय किसानबाट खरिद गरिएको महलाई प्रयोग गरेर ‘ज्ञान मह’ बनाइएको कम्पनीले जनाएको छ। ‘ज्ञान मह’ २५० ग्राम, ५०० ग्राम र १ किलोको प्याकमा उपलब्ध रहेको छ।
मह भिटामिन र अन्य पोषक तत्वले भरिपूर्ण खाद्य पदार्थको रुपमा चिनिन्छ। मह आफ्नो आवश्यकता र दैनिक रुपमा पनि उपभोग गर्न सकिने कम्पनीले जनाएको छ।
केएल दुगड समूहले ज्ञान ब्रान्डमा ‘ज्ञान चक्की आटा’, ‘ज्ञान मैदा’ जस्ता उत्पादनहरू पनि लामो समयदेखि उत्पादन तथा वितरण गर्दै आइरहेको छ।
प्रकाशित: ११ वैशाख २०८० १२:५४ | Monday, April 24, 2023
प्रतिक्रिया



