किन पक्राउ परे नेपाल प्रहरीका असई सचिन कुमार?

हिमाल प्रेस १ वैशाख २०८० १३:५८ | Friday, April 14, 2023
किन पक्राउ परे नेपाल प्रहरीका असई सचिन कुमार? सांकेतिक तस्बिर।

काठमाडौँ- जबरजस्ती करणीको जाहेरी दर्ता गर्न सेवाग्राहीसँग एक प्रहरी सहायनक निरीक्षक (असई)ले घुस मागेको खुलासा भएको छ। अख्तियारको टोलीले ती असईलाई पक्राउ गरेसँगै यस्तो खुलासा भएको हो।

बलात्कारको जाहेरी दर्ता गर्न सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सिरहास्थित इलाका प्रहरी कार्यालय, मिर्चैयामा कार्यरत सचिन कुमार भदैसवारलाई अख्तियारले बिहीबार साँझ नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसनधान आयोगका प्रवक्ता भोला दाहालका अनुसार मुद्दा शाखामा काम गर्ने भदैसवारलाई बर्दिवासस्थित अख्तियारको टोलीले पक्राउ गरेको हो। असई भदैसवारको साथबाट सेवाग्राहीबाट लिइएको ९ हजार रुपैयाँसमेत बरामद भएको छ।

अख्तियारका अनुसार असई भदैसवारलाई मिर्चैया नगरपालिका ५, थानाचोकबाट नियन्त्रणमा लिइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित: १ वैशाख २०८० १३:५८ | Friday, April 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast