काठमाडौँ पुगेर हर्क साम्पाङले मागे योजनाका लागि बजेट [सूचीसहित]

हिमाल प्रेस २३ चैत २०७९ १८:०६ | Thursday, April 6, 2023
काठमाडौँ पुगेर हर्क साम्पाङले मागे योजनाका लागि बजेट [सूचीसहित]

इटहरी– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ पुगेर १ सय वटा योजनामा बजेट माग गरेका छन्।

चैत २० देखि २२ गतेसम्म काठमाडौँ बसेका मेयर साम्पाङसहित उपमेयर आइन्द्र विक्रम वेघालगायतको टोलीले संघीय मन्त्रालयमा आगामी आर्थिक वर्ष ०८०/८१ का लागि संघीय बजेट तथा कार्यक्रममा समावेश गर्नको प्रस्ताव पेस गरिएको हो।

योजना तथा कार्यक्रमहरूको बुँदागत प्रस्ताव बुझाइएकोबारे बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइयो। मेयर साम्पाङले सप्तकोसी नदीको पानी धरान ल्याउने महत्त्वपूर्ण योजना बनाएका छन्। सोही योजनाअनुरूप धरानमा खानेपानी ल्याउने योजनादेखि जलाशय निर्माण, हेलिप्याड निर्माण, बेसार फ्याक्ट्री, साबुन फ्याक्ट्री, कपास खेतीलगायत योजनामा बजेट माग गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

साथै उपमहागरमा केही समयदेखि मेयर हर्क र कार्यपालिका सदस्यबीच भइरहेको मनमुटावको विषयमा भने अहिले कुनै विवाद नरहेको साम्पाङले स्पष्ट पारे। कार्यपालिका सदस्य र आफूँमा केही विवाद भए पनि आफूँले वार्ताको माध्यमबाट समाधानको पक्षमा रहेको उनले बताए।

यी हुन् साम्पाङले बजेट माग गरेका योजनाहरू:

प्रकाशित: २३ चैत २०७९ १८:०६ | Thursday, April 6, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast