काठमाडौँमा ‘भुइँमान्छेका कविता’

हिमाल प्रेस १७ वैशाख २०८० १३:२६ | Sunday, April 30, 2023
काठमाडौँमा ‘भुइँमान्छेका कविता’

काठमाडौँ- अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा पोखराका मजदुर कवि इन्द्र राना ‘प्रतीक’को काठमाडौँमा एकल कविता वाचन हुने भएको छ। कवि रानाको पहिलो कविता संग्रह ‘भुइँमान्छेका कविता’ विमोचनसहित एकल कविता वाचनसमेत हुन लागेको हो।

कन्सेप्ट नेपालले आयोजना गरेको कार्यक्रम थापागाउँस्थित मण्डला थिएटरमा हुनेछ। कार्यक्रममा उनले एक दर्जन कविता सुनाउने आयोजकले जनाएको छ।

बुक्स हिमालयले प्रकाशन गरेको ‘भुइँमान्छेका कविता’ कृतिमा ३३ वटा कविता संकलन गरिएको छ।

आयोजकका अनुसार कवि रानालाई कार्यक्रममा ५१ हजार रूपैयाँ नगदसहित सम्मान पनि गरिनेछ। कवि रानाको संघर्षपूर्ण जीवनको प्रेरणस्वरुप उक्त सम्मान गर्न लागिएको आयोजकले जनाएको छ।

बर्सेनि गुजाराका लागि जीवनभर ज्यालामजदुरी गर्दै आएका स्रष्टालाई आयोजकले सम्मान गर्दै आएको छ। ६० वर्षका राना अहिले पोखराको विन्ध्यवासिनी मन्दिरमा तिर्थालुका नरिवल फोड्ने र प्रसाद बनाउने काम गर्छन्।

पुर्ख्यौली घर स्याङ्जाको क्याक्मी गाउँ भएता पनि उनको आफ्नो घर र जग्गा केही पनि छैन। त्यसैले उनी डेराको जीवन बाँचिरहेका छन्।

प्रकाशित: १७ वैशाख २०८० १३:२६ | Sunday, April 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast