कांग्रेस नेता चन्द्र भण्डारी उपचारपछि स्वदेश फर्किए

हिमाल प्रेस १७ वैशाख २०८० २०:०० | Sunday, April 30, 2023
कांग्रेस नेता चन्द्र भण्डारी उपचारपछि स्वदेश फर्किए

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी उपचारपछि स्वदेश फर्किएका छन्। उनी आइतबार दिउँसो २ : ५५ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत काठमाडौँ फर्किएका हुन्।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागीमा परेर घाइते भएका उनी सोही समयदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत थिए।

स्वास्थ्य अवस्थामा सुधार आएपछि उनी स्वदेश फर्किएका हुन्। भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुँदै आएको बाताइएको छ। आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएकोमा उपचारका क्रममा फागुन ४ गते आमाको निधन भएको थियो।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुराकानी गर्दै उनले आमा नभएको आफूलाई अहिले भर्खरै मात्रै थाहा भएको जनाएका छन्। उनले आगलागीबाट हुने दुर्घटना न्यूनीकरणका लागि नीति नियम बनाउन योगदान गरेर आमाप्रति श्रद्धाञ्जली व्यक्त गर्ने उनले बताएका छन्।

प्रकाशित: १७ वैशाख २०८० २०:०० | Sunday, April 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast