 
                             
                                            काठमाडौँ- निर्वाचन आचारसंहिता अनुगमन समितिले तनहुँ-१ का सत्तागठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई स्पष्टीकरण सोधेको छ।
प्रचार-प्रसारको निषेध अवधिमा भ्वाइस मेसेजमार्फत भोट मागेको सूचना आएको भन्दै समितिले २४ घण्टे स्पष्टीकरण सोधेको हो।
‘मिति २०८० वैशाख १० गते हुन गईरहेको तनहुँ निर्वाचन क्षेत्र नं. १ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उमेदवार तपाईले मिति २०६०/०१/०७ गते राति १२.०० बजेपछि प्रचारप्रसार निषेधको अवधि सुरु भइसकेपछि निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी ९९८०२९८८०२ नं. को मोबाइलको भ्वाइस मेसेजमार्फत मत माग्नु भएको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा निजसँग सो सम्बन्धमा आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ? भनि २४ (चौबिस घण्टा भित्र स्पष्टीकरण पेस गर्न लगाउने भनि जिल्ला आचारसंहिता अनुगमन समितिबाट मिति २०८०/०१/१० मा निर्णय भएको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालय (जि.स.स.) दमौली तनहुँमा आफै वा प्रतिनिधिमार्फत उपस्थित भई स्पष्टिकरण पेस गर्नु हुन निर्णयानुसार अनुरोध छ,’ उनलाई सोधेको पत्रमा उल्लेख छ ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 