‘काँडेतार’को शीर्ष गीत : सिमाना संरक्षणमा जोड

हिमाल प्रेस ३ वैशाख २०८० १३:५२ | Sunday, April 16, 2023
‘काँडेतार’को शीर्ष गीत : सिमाना संरक्षणमा जोड

काठमाडौँ- फिल्म ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक भएको छ। गीत शनिबार ओएसआर युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

देशभक्ति गीतमा सत्यकला राई, राजेश पायल राई र जे पापीको स्वर छ। मिलन कान्छा किरातीको शब्द रहेको गीतलाई मणि थापाले संगीत भरेका छन्। गीतमा बिहानी बिकेको संगीत संयोजन छ।

गीतले देशको सीमाना रक्षा गर्नुपर्नेमा जोड दिएको छ। गीतको भिडियोमा फिल्मका कलाकार नवल खड्का, गौरव पहारी, सुरविना कार्कीलगायत अटाएका छन्।

फिल्म नवल खड्काको कथा लेखन र निर्देशनमा बनेको छ। फिल्ममा नवल, गौरव, सुरविनासहित रेबिका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा, केशव रायमाझी, पुष्पा श्रेष्ठ, महेश गिरीलगायत कलाकारको अभिनय छ।

प्रकाशित: ३ वैशाख २०८० १३:५२ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast