कर्णालीका महिलाहरूको बाध्यताको कथा ‘बैरागी’ सार्वजनिक

हिमाल प्रेस १६ वैशाख २०८० ८:४६ | Saturday, April 29, 2023
कर्णालीका महिलाहरूको बाध्यताको कथा ‘बैरागी’ सार्वजनिक

काठमाडौँ- गायिका शान्ति श्री परियारको स्वरमा ‘बैरागी’ बोलको गीत सार्वजनिक भएको छ।

गीत  शुक्रबार गायिका परियारकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। बसन्त उदासको शब्द रहेको गीतमा रवि शर्माले संगीत भरेका छन्। गीतमा पुस्कर शर्माको संगीत संयोजन छ।

लक्ष्मण सुनारको कथा, सम्पादन र निर्देशनमा बनेको गीतको भिडियोमा कर्णाली भेगका महिलाहरुमाथि हुने हिंसा, उनीहरुको अवस्था, सामाजिक प्रतिष्ठाबारे चित्रण गर्न खोजिएको छ।

गीतको भिडियोमा कलाकार सुरविना कार्की, बसन्त उदास, एन्जिला पन्थी, सुप्रभा गौतम र बालकलाकार दीक्षा बुढाले अभिनय गरेका छन्। भिडियो जयन्द्र रावलको छायांकन गरेका हुन्।

 

प्रकाशित: १६ वैशाख २०८० ८:४६ | Saturday, April 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast