कमजोर कतारविरुद्ध नेपालको बिजोगी ब्याटिङ

हिमाल प्रेस १४ वैशाख २०८० १२:३५ | Thursday, April 27, 2023
कमजोर कतारविरुद्ध नेपालको बिजोगी ब्याटिङ

काठमाडौँ- एसीसी प्रिमिर कपको दाबेदार मानिएको नेपालले कमजोर कतारविरुद्ध कमजोर ब्याटिङ गरेको छ। यसअघि लगातार तीन खेल हारेको कतारलाई नेपालले बिहीबार मात्र १५८ रनको लक्ष्य दिन सकेको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा १५७ रन बनाउँदै अलआउट भयो।

घरेलु मैदानमा समूह चरणकाे अन्तिम खेल खेलिरहेकाे नेपालका कुनै पनि ब्याट्सम्यानले जिम्मेवारीपूर्वक इनिङ्स सम्हाल्न सकेनन्। ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि तीन रनको साझेदारी गर्नसके। कुशल दुई र आशिफ १९ रनमा आउट भए।

चार ओभर सकिँदा नेपाल १४/२ को स्थितिमा थियो। कुशल आउट भएपछि ब्याटिङ गरेका भीम शार्की ६ रनमा समेटिए। १३ औँ ओभरमा आशिफ शेखलाई गुमाउँदा नेपालले ५७ रन मात्र बनाउन सकेको थियो।

२६ ओभरको समाप्तिमा एक सय रन पूरा गर्दा नेपालले ६ विकेट गुमाइसकेको थियो। २७ औँ ओभरको दोस्रो बलमा आरिफ शेख आउट। त्यही ओभरमा दीपेन्द्रसिंह ऐरी पनि आउट।

सन्दीप लामिछानेले बनाएको ४२ रन नेपालका लागि सर्वाधिक स्कोर रह्यो। जुन उनले आफ्नो करियरमै बनाएको उच्च रन हो। उनले १११÷९ को स्थितिमा रहेको नेपाललाई १५७ रनसम्म पु¥याए। त्यसअघि कुशल मल्ल तीन, सोमपाल कामी र आरिफ ११–११ र गुल्शन झा सात रनमा आउट भएका थिए।

बलिङतर्फ कतारका अमिर फारुखले चार र ओवास एहम्मदले तीन विकेट हात पारे। त्यसैगरी गायान मुनाविरा र इक्रामुल्लह खानले त्रमशः दुई तथा एक विकेट लिए।

समूह ‘ए’ बाट नेपालले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। यही समूहबाट ओमान पनि अन्तिम चारमा पुगिसकेको छ। ओमानलाई पछि पार्दै समूह विजेता बन्न नेपालले कतारलाई हराउनु पर्नेछ।

सबै खेल खेलिसकेको ओमानको ६ र अन्तिम खेल खेलिरहेको नेपालको पाँच अंक छ। अंकविहीन कतार भने पाँच टिमसम्मिलत समूहको पुछारमा छ। समूह ‘बी’ बाट सेमिफाइनलमा ठाउँ बनाउने टिम संयुक्त अरब इमिरेट्स (यूएई) हो।

प्रकाशित: १४ वैशाख २०८० १२:३५ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast