एनओसी पाउनुपर्ने माग गर्दै विद्यार्थीको प्रदर्शन

हिमाल प्रेस ५ वैशाख २०८० १५:१४ | Tuesday, April 18, 2023
एनओसी पाउनुपर्ने माग गर्दै विद्यार्थीको प्रदर्शन

काठमाडौँ– नेपाली विद्यार्थीले विदेश अध्ययन गर्न जान पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले मंगलबार एनओसी दिनुपर्ने माग गर्दै काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन्।

सरकारले चैत २७ गतेबाट एनओसीमा रोक लगाएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। विभिन्न इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) विषयलाई लिएर दबाबमूलक प्रदर्शन गरेका थिए।

उनीहरूले एनओसी विधेयक खारेज गर्, विद्यार्थी मार्न पाइँदैन, प्रहरी दमन मुर्दावाद, शिक्षा मन्त्रालय जान दे, शिक्षामन्त्री बोलाइ दे लगायतका नारा लगाएका थिए।

 

प्रकाशित: ५ वैशाख २०८० १५:१४ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast