उपेन्द्र यादव मधेशका सच्चा नेता हुन् : शेरबहादुर देउवा

हिमाल प्रेस ७ वैशाख २०८० १५:४२ | Thursday, April 20, 2023
उपेन्द्र यादव मधेशका सच्चा नेता हुन् : शेरबहादुर देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव मधेशको अधिकारका लागि लड्ने सच्चा नेता भएको भन्दै तारिफ गरेका छन्।  बिहीबार बारामा भएको उपनिर्वाचनअन्तर्गतको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू र उपेन्द्र यादव एउटै मन्त्रिमण्डलमा बसेर काम गरेको र यादवले सधैँ मधेशको अधिकारका लागि आफूसँग झगडा गरेको बताएका हुन्।

‘मेरो क्याबिनेटमा हामी सँगै काम गरेका हौँ। उहाँ मधेशको अधिकारका लागि क्याबिनेटमा पनि मसँग धेरै पटक झगडा गर्नुभयो मधेशका लागि लड्नुभयो,’ देउवाले भने, ‘उहाँ सच्चा मधेशप्रति प्रतिवद्ध योग्य नेताको रुपमा पाएका छौँ।’

कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपेन्द्रलाई जिताएर जनताको सेवा गर्ने अवसर दिन आग्रह गरे। उपेन्द्रको पाँच वर्षे कार्यकाल हेर्न र चित्त नबुझे अर्को चुनावबाट विकल्पमा सोच्नसमेत आग्रह गरे।

‘उहाँले जनताको सेवा गर्नुहुनेछ। जनताको सेवा नगरे हटाए भएहाल्यो नि जनता देशको मालिक हो जनता पाँच पाँच वर्षमा जनताले राम्रो काम गर्ने नेतालाई जिताएर पुरस्कार दिन्छ राम्रो काम गर्न नसक्नेलाई निकालिदिन्छ,’ उनले भने, ‘राम्रो काम मधेशका लागि लड्नुभएको छ। पाँच वर्ष कमसेकम हेर्नुहोस् त्यसपछि ध्यान दिनुहोला।’

वैशाख १० गते बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि गठबन्धन दलको सहयोगमा जसपा अध्यक्ष यादव उमेदवार बनेका छन्। उनी गएको मंसिरमा भएको निर्वाचनमा सप्तरी २ बाट निर्वाचनमा पराजित भएका थिए।

प्रकाशित: ७ वैशाख २०८० १५:४२ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast