उपेन्द्र यादवलाई मत माग्न बारा जाँदै सत्ता गठबन्धनका शीर्षनेता

हिमाल प्रेस ७ वैशाख २०८० ७:३४ | Thursday, April 20, 2023
उपेन्द्र यादवलाई मत माग्न बारा जाँदै सत्ता गठबन्धनका शीर्षनेता

काठमाडौँ- सत्तारुढ गठबन्धनले आज बारामा चुनावी सभा आयोजना गर्दैछ। गठबन्धनले यही वैशाख १० गते आइतबार बारा-२ मा हुने उपनिर्वाचनलक्षित महागढीमाईस्थित बरियारपुरमा सभा आयोजना गर्न लागेका हो।

सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, लगायत गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

गठबन्धनका तर्फबाट उक्त क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्।

उनलाई जिताउने उद्देश्यले आज सभा गर्न लागिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। यही वैशाख १० गते बारा–२ सँगै चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ।

प्रकाशित: ७ वैशाख २०८० ७:३४ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast