उपनिर्वाचन हुने दिनको मौसम : पहाडमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

हिमाल प्रेस १० वैशाख २०८० ६:४७ | Sunday, April 23, 2023
उपनिर्वाचन हुने दिनको मौसम : पहाडमा वर्षा, तराईमा हावाहुरीको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- आज (आइतबार) बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनमा मौसम अनुकूल रहन्छ कि प्रतिकूल भन्ने चासोको विषय बनेको छ।

पानी पर्ने सम्भावना भएकैले निर्वाचन आयोगले पनि पूर्वतयारीका लागि त्रिपाललगायतका सामग्री बन्दोबस्त गर्न स्थानीय प्रशासन र स्थानीय तहलाई निर्देशन दिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव छ। यो भनेको पानी पर्ने सम्भावना रहनु हो। अहिले कोशी तथा मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ।

दिउँसो देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराईका केही ठाउँमा भने हावाहुरीको सम्भावना छ।

प्रकाशित: १० वैशाख २०८० ६:४७ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast