उपनिर्वाचनमा जनताले नपत्याएको देउवाको स्वीकारोक्ति

हिमाल प्रेस ११ वैशाख २०८० १३:२४ | Monday, April 24, 2023
उपनिर्वाचनमा जनताले नपत्याएको देउवाको स्वीकारोक्ति फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गतको उपनिर्वाचनमा जनताले ठूला दललाई नपत्याएको स्वीकारेका छन्। सोमबार बसेको पार्टीको संसदीय दलको बैठकमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका हुन्।

उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नदेखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता भएको बताएको सांसद रामहरि खतिवडाले जानकारी दिए।

देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्ने बारेमा पनि सांसदहरूसँग चासो राखेको खतिवडाको भनाइ छ।

‘उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो। अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता छ, त्योसँगै काँग्रेसले बजेट ल्याउँदाखेरी जनतालाई सम्बोधन गर्ने खालका कार्यक्रम आउनुपर्छ, साना साना जनतासँग जोडिने खालका कार्यक्रम आउनुपर्छ भन्नेबारे कुरा गर्नु भयो,’ खतिवडाले भने।

आजको बैठकमा सांसदहरूले बोल्नेक्रम नसिएकोले भोलि पनि बैठक बस्नेछ। भोलि बिहान १० बजे बैठक बस्ने खतिवडाले जानकारी दिए।

सांसद खतिवडाले सांसदहरूले आगामी बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा थारैमा एउटा नागरिकले खेख्ने योजना, स्थानीय तहको कार्यालयमा जाने बाटोहरु कालोपत्रे गर्ने र व्यवस्थित शहर, स्वास्थ्य र शिक्षा हरेक तहमा पुग्नुपर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको बताए।

प्रकाशित: ११ वैशाख २०८० १३:२४ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast