उद्योग वाणिज्य महासंघको कार्यसमिति चयनका लागि चुनाव आज

हिमाल प्रेस २९ चैत २०७९ ७:४७ | Wednesday, April 12, 2023
उद्योग वाणिज्य महासंघको कार्यसमिति चयनका लागि चुनाव आज

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन हुँदैछ। मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।

महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न मतदान हुनेछ।

महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन्।

अर्को कार्यकालमा महासंघको नेतृत्व लिने वरिष्ठ उपाध्यक्षमा तीन जना प्यानलसहित प्रतिस्पर्धामा छन् । पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन्।

प्रकाशित: २९ चैत २०७९ ७:४७ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast