उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सम्हाले पदभार

हिमाल प्रेस ३ वैशाख २०८० १२:५९ | Sunday, April 16, 2023
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सम्हाले पदभार

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आज (आइतबार) बाट पदभार सम्हालेका छन्। काठमाडौंको टेकुस्थित महासंघको कार्यालयमा पुगेर ढकालले पदभार सम्हालेका हुन्।

ढकाललाई महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले कार्यभार हस्तान्तरण गरेका थिए। पदभार ग्रहणपछि ढकालले मुलुकमा देखिएको आर्थिक संकट समाधानका लागि रणनीति तयार गर्ने बताएका छन्।

त्यस्तै राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्दै मुलुकमा लगानीको वातावरण बनाउन पहल गर्ने पनि उनको भनाइ छ। ढकालले दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने र व्यवसायीहरूको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्न दबाब दिने बताए।

प्रकाशित: ३ वैशाख २०८० १२:५९ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast