इदको अवसरमा उपराष्ट्रपतिले दिए शुभकामना

हिमाल प्रेस ९ वैशाख २०८० ७:२३ | Saturday, April 22, 2023
इदको अवसरमा उपराष्ट्रपतिले दिए शुभकामना

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम समुदायको इद (इदउल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बीलाई शुभकामना सन्देश दिएका छन्। कार्यवाहक राष्ट्रपतिसमेत रहेका यादवको सन्देशमा मुस्लिम समुदायको बसोबास रहेका सबैजसो भागमा मनाइने इद पर्व नेपाली समाज र सांस्कृतिक विविधताको परिचायकका रूपमा रहेको उल्लेख छ।

इदलाई मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर खुसीयाली, सद्भाव र शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरेको स्मरण गर्दै सन्देशमा उल्लेख छ, ‘विशेष नमाज पढी सकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिँदै मिष्ठान्न एवं स्वादिष्ट परिकार खाने र खुवाउने परम्परा यस पर्वमा रहेको छ।’

उनले यस पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन र विकासका साथै राष्ट्रिय सद्भाव र एकता प्रवर्द्धनसमेतमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

सामाजिक, धार्मिक एवं सांस्कृतिक विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई मजबुत बनाउनेमा आफू विश्वस्त रहेको जनाउँदै कार्यवाहक राष्ट्रपति यादवले यस पर्वबाट राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ भई सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्न थप प्रेरणा प्रदान मिलोस् भनी कामना गरेका छन्।

प्रकाशित: ९ वैशाख २०८० ७:२३ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast