इटहरी क्षेत्रमा धरानले लगाएको सीमा प्रारम्भ अंकित बोर्ड युवासंघले हटायो

हिमाल प्रेस ११ वैशाख २०८० ७:३५ | Monday, April 24, 2023
इटहरी क्षेत्रमा धरानले लगाएको सीमा प्रारम्भ अंकित बोर्ड युवासंघले हटायो

इटहरी- धरान उपमहानरपालिकाले इटहरी २० तरहराको पानीपियामा राखेको ‘सीमा प्रारम्भ’ को बोर्ड युवा संघ इटहरीले हटाएको छ।

एमालेसम्बद्ध युवा संघमा आबद्व युवाहरूले मध्यरातमा उखेलेर इटहरी उपमहनगरपालिकाको परिसरमा ल्याएर जिम्मा लगाएका हुन्।

युवा संघका कमलजंग क्षेत्रीले जनप्रतिनिधिहरूबीच बसेर छलफल गर्नुपर्ने भएपनि धरानले एकलौटी ढंगले बोर्ड राखेपछि आँफूहरूले उखेलेको उनले उनले बताए।

यो क्षेत्र भने इटहरी वडा नं २० मा पर्ने भएकाले भोगाधिकार पनि इटहरीले नै गर्दै आएको छ।

इटहरी र धरान छुट्टाउने सीमानाबारे भने यसअघि पनि विवाद थियो । तर, सेउती पुलले नै दुवै स्थानीय तहको सीमाना छुट्टाउँदै आएको छ।

प्रकाशित: ११ वैशाख २०८० ७:३५ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast