आज बौद्धिक सम्पत्ति दिवस

हिमाल प्रेस १३ वैशाख २०८० ७:२२ | Wednesday, April 26, 2023
आज बौद्धिक सम्पत्ति दिवस

काठमाडौँ- नेपालसहित विश्वभर बुधबार बौद्धिक सम्पत्ति दिवस मनाइँदैछ। ‘महिला तथा बौद्धिक सम्पत्ति स् नवखोज र शिर्जनशीलताको बढावा’ नाराका साथ दिवस मनाउन लागिएको हो।

विश्व बौद्धिक सम्पत्ति संघ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवर्धनमा सघाउ पुर्‍याउने उद्देश्यले विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइन्छ। नेपाल विपोको सदस्य राष्ट्र हो।

विपोको बौद्धिक सम्पत्तिसम्बद्ध विश्वका आविष्कारक, नवप्रवर्धक, लेखक, सर्जकलाई एकापसमा जोडी सम्बन्ध बिस्तार गर्ने तथा उनीहरूको सिर्जना र प्रतिभालाई प्रबद्धर्न गरी जनचेतना फैलाउने नीति छ।

विशेष गरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइन्छ।

प्रकाशित: १३ वैशाख २०८० ७:२२ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast