आज फन्टुसहरू नेता भएर हिँडेका छन् : घनश्याम भुसाल

हिमाल प्रेस ६ वैशाख २०८० १५:०२ | Wednesday, April 19, 2023
आज फन्टुसहरू नेता भएर हिँडेका छन् : घनश्याम भुसाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले वैकल्पिक राजनीतिको नाममा ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा नेता बनेर हिँडेको आरोप लगाएका छन्।

बुधबार काठमाडौँमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीतिमा यस्ता  समस्या देखिएको बताएका हुन्।

‘वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा छन्, जब अनुशासनहीनताको, मूल्यहीनताको फन्टुसहरू बीच झगडा, प्रतिस्पर्धा हुँदा सबैभन्दा फन्टुसले जित्छ। आज त्यही भइरहेको छ,’ उनले भने, ‘सडकमा सबैभन्दा फन्टुसहरू नेता भएर हिँडेका छन्। यो राष्ट्रिय जीवन संकटको डरलाग्दो भूमरीनजिक छ।’

यस्तै उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन्। ओली प्रवृत्तिमा आफूलाई फाइदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल हुन् अरू सबै शत्रु हुन् भन्ने कुरा हाबी भएको बताए।

प्रकाशित: ६ वैशाख २०८० १५:०२ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast