आज कम्युनिस्ट स्थापना दिवस, एमालेले गर्दैछ यस्ता कार्यक्रम

हिमाल प्रेस ९ वैशाख २०८० ७:१७ | Saturday, April 22, 2023
आज कम्युनिस्ट स्थापना दिवस, एमालेले गर्दैछ यस्ता कार्यक्रम नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवसको अवसरमा एमालेले कार्यक्रम गर्दैछ। पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेपछि हुने कार्यक्रमलाई अध्यक्ष केपी ओलीसहितका नेताले सम्बोधन गर्नेछन्।

राणाकालमा २००६ वैशाख ९ गते नेपालमा पहिलोपटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना गरेका थिए। पुष्पलाल पार्टीका महासचिव बनेका थिए।

२२ अप्रिल १९४९ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। त्यसयता हरेक वर्ष २२ अप्रिललाई नेपालका कम्युनिस्ट पार्टीहरूले स्थापना दिवसका रूपमा मनाउँदै आएका छन्।

नेपालमा कम्युनिस्ट पार्टी फुटको श्रृंखला पुष्टि गर्ने एमाले पनि एक दल हो। गत वर्ष मात्र एमालेमा बस्न नसकेर एउटा समूह बाहिरिएको थियो।  माधव नेपालसहित बाहिरिएको टिमले नेकपा एकीकृत समाजवादी पार्टी खोलेको छ।

यसैबीच हालै नेकपा एस छाडेका मुकुन्द न्यौपाने आफ्नो टिमसहित एमालेमै फर्किँदैछन्। २५ चैतमा नेकपा एकीकृत समाजवादी त्यागेका उनी नेकपा स्थापना दिवसको अवसरमा एमालेले राखेको कार्यक्रममै एमालेमा फर्किन लागेका हुन्र

उनीसँगै केदार न्यौपाने, चुडामणि जंगली बिश्वकर्मासहित मकवानपुर, दाङ, रुकुम, रोल्पासहित जिल्लाका नेताहरू एमालेमा फर्किन लागेका हुन्।

प्रकाशित: ९ वैशाख २०८० ७:१७ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast