आजदेखि हलमा ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’

हिमाल प्रेस १ वैशाख २०८० १०:४२ | Friday, April 14, 2023
आजदेखि हलमा ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’

काठमाडौँ- आज (शुक्रबार) हलमा तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन्, ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’। नयाँ वर्षको छेको पारेर यी तीन फिल्म देशभर सँगै रिलिज भएका हुन्।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्म हो, ‘जारी’ले हलमा सबैभन्दा सो पाएको छ। लिम्बू समुदायमा रहेको जारी कथामा आधारित फिल्ममा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बू, प्रेम सुब्बालगायत कलाकारको अभिनय छ।

दयाहाङ राई अभिनीत अर्को फिल्म ‘बिहे पास’का निर्देशक प्रवेश पौडेल हुन्। फिल्ममा दयाहाङसहित प्रकृति श्रेष्ठ, शिशिर वाङदेल, रविन्द्र झा, बुद्धि तामाङ, श्याम राईलगायत कलाकारको अभिनय छ।

‘बुलाकी’ लक्ष्मण सुनार निर्देशित फिल्म हो। जारी प्रथामा आधारित फिल्ममा सुरक्षा पन्त मुख्य भूमिकामा छिन्। उनीसँगै नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, प्रकाश कँडेल, लक्ष्मी गिरी, सुशील पोखरेल, सोनु सेढाइलगायत कलाकारको अभिनय छ।

प्रकाशित: १ वैशाख २०८० १०:४२ | Friday, April 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast