आगो निभाउने क्रममा एक बालकको मृत्यु

हिमाल प्रेस ८ वैशाख २०८० ९:२३ | Friday, April 21, 2023
आगो निभाउने क्रममा एक बालकको मृत्यु सांकेतिक तस्बिर।

गुल्मी- गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–३ बर्दबास जंगलमा लागेको आगो निभाउने क्रममा एक बालकको मृत्यु भएको छ। १३ वर्षीय दिपक मुखियाको मृत्यु भएको हो।

आगो निभाउने क्रममा ५५ वर्षीय धनबहादुर कुँवर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। हिजोदेखि लागेको आगोका कारण दुई घर र तीन गोठ पनि पूर्णरूपमा जलेका छन्।

पछिल्लो दुई सातादेखि गुल्मीका सामुदायिक वनमा डढेलो लागेको छ।

प्रकाशित: ८ वैशाख २०८० ९:२३ | Friday, April 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast