 
                             
                                            काठमाडौँ- आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७’ अफर सार्वजनिक गरेको छ। कम्पनीले ले ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ नारासहित नयाँ वर्ष योजना सार्वजनिक गरेको हो।
उक्त योजनाअनुसार विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जनालाई उपहार दिइनेछ। सातै प्रदेशका ७ जनालाई गरी ४ हप्ताका २८ भाग्यशाली विजेतालाई उपहारस्वरुप जनही ७ हजार रुपैयाँ नगद दिइने आइएमई कम्पनीले जानकारी दिएको छ। उक्त योजना शुक्रबारदेखि वैशाख ३१ गतेसम्म सञ्चालनमा रहनेछ।
विदेशमा रहेका नेपालीले आइएमई वा आइएमईका साझेदारमार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरी योजनामा सहभागी हुन सकिनेछ।
योजना अवधिमा ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेता घोषणा सिस्टममा आधारित लक्की ड्रमार्फत गरिने कम्पनीले बताएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 