आइएमईको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

हिमाल प्रेस १२ वैशाख २०८० १८:१३ | Tuesday, April 25, 2023
आइएमईको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौँ- आइएमई कम्पनीको साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ।

मंगलबार आइएमई कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।

आइएमईले १ अर्ब रुपैयाँ जारी पुँजीको १० प्रतिशत अर्थात १० लाख कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्न लागेको छ। आइएमई कम्पनीले विगत २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ।

प्रकाशित: १२ वैशाख २०८० १८:१३ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast