असार ८ मा ‘अन्तिम संस्कार’, पोस्टर सार्वजनिक

हिमाल प्रेस १७ वैशाख २०८० १३:०४ | Sunday, April 30, 2023
असार ८ मा ‘अन्तिम संस्कार’, पोस्टर सार्वजनिक

काठमाडौँ- फिल्म ‘अन्तिम संस्कार’को पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिसमेत सार्वजनिक गरेको छ।

फिल्म आगामी असार ८ गते प्रदर्शन हुनेछ। पोस्टरमा फिल्मका कलाकार विजय लामा, दीया पुन, रेश्मा घिमिरेलगायत देखिएका छन्।

फिल्ममा उनीहरूसहित एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जन,श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, सुरज खालिङलगायतको पनि अभिनय छ।

प्रदीप शाहीले निर्देशन गरेको फिल्म बाबु श्रेष्ठले छायांकन गरेका हुन्। साई प्रोडक्सन नेपालको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता विनोद सुवेदी क्षितिज हुन्।

फिल्मका कार्यकारी निर्माता भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट र रबिन्द्र श्रेष्ठ हुन्।

प्रकाशित: १७ वैशाख २०८० १३:०४ | Sunday, April 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast