अर्थमन्त्री महत र विश्व बैंकका प्रतिनिधिबीच टेलिफाेन

हिमाल प्रेस २९ चैत २०७९ १८:१४ | Wednesday, April 12, 2023
अर्थमन्त्री महत र विश्व बैंकका प्रतिनिधिबीच टेलिफाेन

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच टेलिफोन वार्ता भएको छ। टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू (डीपीसी) को प्रभावकारिता र कार्यान्वयनसम्बन्धी छलफल भएको हो।

आगामी जुन महिनामा नेपालमा डीपीसी पुनरावलोकनसम्बन्धी पनि छलफल भएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भौतिक पूर्वाधार विकासका लागि विश्व बैंकको नेपालमा धेरै ठूलो लगानी रहेकाले यसलाई थप वृद्धि र प्रभावकारी कार्यान्वयन गराउने विषयमा पनि छलफल भएको थियो।

पूर्वाधार विकासमा विश्व बैंकको सहयोगलाई नेपालमा अझ बढी कसरी उपयोग गर्न सकिन्छ भन्ने प्रस्ताव अर्थमन्त्री डा. महतले राखेका थिए।

विश्व बैंकले नेतृत्व गरिरहेको माथिल्लो अरुण जलविद्युत आयोजनामा थप लगानीकर्ता पनि विश्व बैंकले नै खोज्ने भएकाले सो विषयमा छलफल भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: २९ चैत २०७९ १८:१४ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast